कहिले कोरोना त कहिले पुस्तकको अभावमा पठनपाठनमा अवरोध

काठमाडाैं | जेठ ११, २०७९

कहिले कोरोना त कहिले पुस्तकको अभावमा पठनपाठनमा अवरोध

बाजुरा, बाजुराका अधिकांश विद्यालय सञ्चालनमा आएपनि विद्यार्थी भने पाठ्यपुस्तकको पर्खाइमै बसेका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसँगै बाजुराका विद्यालय सञ्चानमा आएका भए पनि समयमै किताब नआइपुगेकोले विद्यार्थीहरु पर्खाइमा बसेका हुन् ।

 

यो वर्ष भर्ना भएका विद्यार्थीहरुलाई इन्टरनेटको सहायताले ह्वाइट बाेर्डमा लेखेर पढाइ गर्न बाध्य छन् ।

 

बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं २ धुरालसैन माविका प्राधानाध्यापक महासिंह थापाले भन्नुभयो, “नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीहरुलाई भर्ना त लियौ तर अहिलेसम्म पाठ्यपुस्तक आइनपुग्दा पढाउन समस्या भएको छ ।’’

 

उहाँले भन्नुभयो, “भर्ना भएसँगै विद्यार्थीहरु नियमित कक्षामा आउने गरेका छन् तर विद्यालयमा किताब छैन किताब नहेर कसरी पढाउने अन्येलमा छौँ ।’’

 

उहाँले कक्षा एक, दुई, तीन, पाँच र आठ कक्षासम्म त पुराना किताबले पढाउने गरेको बताउनुभयो । चार, सात, नौ कक्षाको पाठ्यक्रम नयाँ भएकोले सो कक्षाका विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको प्राधानाध्यापक थापाले बताउनुभयो ।

 

यसैगरी, छेडेदह गाउँपालिकाको ७ मा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक नुहुँदा त्यहाँ पनि विद्यार्थीहरुलाई पढाइ गर्न निकै समस्या भएको शिक्षक मनोज नेपालीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “केही वर्ष कोरोनाका कारण पढाइ भएन अहिले कोरोनाको कहर छैन । यो वर्ष विद्यार्थीहरुलाई नियमितरुपमा पढाइ गर्नुपर्छ भन्ने योजनामा थियौ तर अहिलेसम्म किताब नआइपुगेकोले बनाएको योजना पनि सफल नहोला जस्तो छ ।’’

 

पछिल्लो समयमा अधिकांश विद्यार्थीहरु पढाइमा निकै कमजोर छन् । शिक्षक नेपालीले भन्नुभयो, “विद्यार्थीहरु पढाइमा कमजोर हुनुको मुख्य कारण कोरोनाको कहरले विद्यालय बन्द हुनु कहिले विद्यालयमा  शिक्षकको कमी हुनु र समयमै पाठ्पुस्तक नपाइनुले विद्यार्थीको पढाइ कमजोर भएको हो ।’’

 

दुई, तीन वर्ष कोरोनाको चपेटामा परेर पढाइमा कमजोर भइयो अब त कोरोनाको कहरबाट मुक्त भयौँ । नियमित विद्यालयमा गएर पढाइ गर्नुपर्यो भनेर भर्ना भएँ, अहिलेसम्म किताब आएका छैन । यो वर्षमा पनि पढाइ निकै बिग्रिने डर भयो धुरालसैन माविका कक्षा सातमा अध्ययनरत छात्र पदम नेपालीले बताउनुभयो ।

 

पाठ्यपुस्तक नबदलिएको कक्षाका लागि त पुरानै किताबले पढाइ गरेका छौ । बदलिएको कक्षाका लागि भने इन्टरनेटको सहायताले पढाइ गर्नुभन्दा अर्को विकल्प छैन ।

 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्